INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार र सामाजिक न्यायका लागि एकीकृत आवाज आवश्यक

काठमाडौँमा आयोजित एक कार्यक्रममा मानव अधिकार र सामाजिक न्यायका लागि अझैपनि एकीकृत आवाजको आवश्यकता रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् ।

साउन १३ गते आयोजित मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको वार्षिक बैठकमा नेपालमा मानव अधिकार र सामाजिक न्यायको अभियानलाई शसक्त र मजबुद बनाउन एकीकृत आवाजको आवश्यकतामा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकार र सामाजिक न्यायका लागि अझैपनि धेरै काम गर्न बाँकी रहेको चर्चा गर्दै कर्तव्यनिष्ठ नागरिकले मात्रै मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्‍याउन सक्ने बताए ।

कार्यक्रममा मानव अधिकारकर्मी भवानीप्रसाद खरेलले मानव अधिकार आन्दोलन विभाजित हुन लागेको भन्दै एकीकृत आवाजको आवश्यकतामा जोड दिए ।

कार्यक्रममा केन्द्र मातहतका समितिहरूले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने शान्तिका लागि साझा अभियान (कोक्याप)को संयोजकत्वमा बलपूर्वक बेपत्ता पार्ने कार्य विरूद्धको महासन्धिसँग सम्बन्धित काम गर्न नयाँ समिति गठन गरिएको छ ।
ठूला नौ महासन्धिमा आधारित अन्य समितिहरू भने यस अघिदेखि नै क्रियाशील रहेको केन्द्रको सचिवालय इन्सेकमा रहेर संयोजन गरिरहेकी सम्झा श्रेष्ठले जानकारी दिइन् । केन्द्रमा अहिले ७८ वटा सङ्घसंस्था सदस्य छन् ।

अन्य

भिडियो