INSEC Online

📅 २०८३ जेष्ठ २१

भरतपुरमा आन्दोलनकारी र प्रदर्शनकारीबिच झडप्, १८ जना प्रहरी र दुई जना मजदुर घाइते

भरतपुर महानगरपालिकाले तीनपाङ्ग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका रिक्सा मजदुर र प्रहरीबिच साउन ९ गते भरतपुर केन्द्रीय बसपार्कमा झडप भएको छ ।

photo20180725chitwan-3

बिहान ११ बजेबाट सुरू भएको तनाव १ बजेको समयमा उत्कर्षमा पुगेको थियो । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन प्रहरीले पटकपटक लाठी चार्ज, १ सय सेल अश्रु ग्यास र १० राउण्ड हवाइ फायर गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नजिक प्रदर्शनमा उत्रिएका तीनपाङ्ग्रे चालक,व्यवसायी र प्रहरीबिच झडप भएपछि अन्तत प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली नै चलाएकोे छ ।

प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरी नजिकैको प्रहरी चौकीमा आक्रमण गरेपछि दोहोेरो झडप र ढुङ्गा हानाहान भएको थियो । स्थिति अराजक बन्दै गएपछि प्रहरीले अश्रु ग्यास र पछि गोली नै चलाएको जनाएको छ । आक्रमणमा संलग्न भएको आरोपमा १६ मजदुरलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

दुवैतर्फ घाइते

झडपमा परी दुई जना इन्स्पेक्टरसहित १८ प्रहरी र दुई जना अटो रिक्सा मजदुर घाइते भएका छन् । नेपाल प्रहरीका इन्स्पेक्टर धजेन्द्र कार्की र सशस्त्र प्रहरीका इन्स्पेक्टर देवेन्द्र रोका घाइते भएका छन् । सबै घाइतेहरू खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका चितवन प्रहरी प्रवत्ता डिएसपी प्रभुप्रसाद ढकालले बताए ।

photo20180725chitwan-2

घाइते प्र्रहरीहरूको उपचार भरतपुर अस्पतालमा भइरहेको छ । मजदुरतर्फ घाइते भएका महेन्द्र सुनारको घुँडा मुनी गोली लागेको छ । अर्का घाइते ठाकुर सिंह गोले रहेका छन् । उनीहरूको उपचार पनि भरतपुर अस्पतालमा भइरहेको छ ।

तोडफोड र आगजनी

प्रदर्शनमा उत्रिएका अटो रिक्सा चालक र व्यवसायीले एउटा मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड गरेका छन् । आगजनी भएको मोटरसाइकल नम्बर ना १६ प ९४०६ रहेको छ । त्यस्तै म्याजिक ना १ ज ४९७५ र निजी कार बा १६ च १९३८ नम्बरको सीसा फुटाएको प्रहरीले जनाएको छ ।

photo20180725chitwan-1

अन्य

भिडियो