INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला सुरूङ्गा नपा-१ का १८ वर्षीय रोशन सदालाई साउन ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ५ गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीका इन्स्पेक्टर रबी भूषणले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ५ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो