INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उमनपा-१७ की ३४ वर्षीया सरिता चौधरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा ४५ वर्षीय पति ऋषि चौधरीलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरी आएका चौधरीले असार ३० गते साँझ लाठीले कुटपिट गर्दा घटनास्थलमै सरिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकी एसपी दुर्गा सिंहले बताइन् ।

टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र शवको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा असार ३१ गते पोष्टमार्टम गरिएको एसपी सिंहले जानकारी दिइन् । घटनाको अनुसन्धान भइरहेको पनि उनले जानकारी दिइन ।

अन्य

भिडियो