२९ वर्षीया महिलालाई यौनहिंसा गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला सखुवा—३ स्थायी घर भई जुगल गाउँपालिकाको स्वास्थ्य संयोजकमा कार्यरत ५२ वर्षीय सुरेश शाहलाई असार २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई अआरोपितले असार ३ गते बेलुका जलबिरे बजारको औषधि पसल भित्र आरोपितले बलात्कार प्रयास गरेको आरोप छ ।
पीडित महिलाले असार २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपितलाई अनुसन्धानको लागि प्रहरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कडेलले बताए ।