बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय सचिव सञ्जय जर्घा मगर (क्रान्ती)को डिल्लिबजार कारागारको हेलचेक्र्याईंका कारण मृत्यु भएको आरोप लगाउँदै बहिर्गमित जनमुक्ति सेना नेपालले उक्त घटनाको छानबिन गर्न माग गरेको छ ।
बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टद्वारा भदौ २० गते जारी विज्ञप्तिमा षडयन्त्रमूलक ढङ्गले राज्यको संवेदनशील ठाउँमा मगरको मृत्यु भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गर्न माग गरिएको छ । ‘घटनमा संलग्न दोषीलाई कारबाही, मृतकलाई सहिद घोषणा र पीडित आफन्तजनलाई न्यायको साथै उचित क्षतिपूर्ति दिन माग गर्दछौं ।’-विज्ञप्तिमा भनिएको छ । अध्यक्ष विष्टले ‘ब्लड प्रेसर’ का कारण पीडित जर्घामगरले पटकपटक कारागार प्रशासनसँग उपचारको माग गर्दासमेत कारागारले बेवास्ता गरेका कारण मृत्यु भएको आरोप लगाए ।
जारी विज्ञप्तिमा भनिएको छ-‘यो घटनाको जिम्मा सम्बन्धित निकाय, मन्त्रिपरिषदको कार्यालय, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय मानव अधिकार अयोगलगायत सम्पूर्ण सुरक्षा निकायले लिनु पर्दछ ।’