१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी नपा-४ कुबिण्डे घरभई जिल्ला पशुसेवा कार्यालयमा कार्यरत ४० वर्षीय अस्मिर नेपाललाई प्रहरीले असार २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मोटरसाइकलको पछाडी राखी चौतारा बजारको एक होटलमा ल्याएर असार २६ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडितले असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ । पीडितको २६ गते नै जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरेको पीडितपक्षले जनाएको छ ।