INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीका कारण जनजीवन प्रभावित (फोटोफिचर)

वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको जनजीवन प्रभावित भएको छ । बाढीले बस्तीहरू डुबानमा पार्नुका साथै बाढीका कारण मानवीय क्षति हुनुको साथै घर, टहरा, गोठ, पशुपंक्षी,  बगाएको छ । बाढी कारण हजारौँ बासिन्दा बिचल्लीमा परेका छन् ।

हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुरको जगाती, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौँ घर डुबानमा परेका छन् ।

यहाँका टहरा र माटोका घरहरू भत्किएका छन् भने जगातीस्थित सिद्धिस्मृति अस्पताल डुबानमा परेको छ । भक्तपुरको राम मन्दिर र शान्ति निकेतन मावि डुबानमा पर्दा यहाँको पढाई बन्द भएको छ ।

त्यसैगरी मध्यपुरथिमी क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शङ्खधर चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र पुरै डुबानमा परेको छ ।

जमीन सतहबाट आठ फिट माथिसम्म पानी आएपछि विशेष गरी भुँइतला घरमा बस्नेहरूको सुरक्षाकर्मी र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उद्धार गरेको छ । बजार समेत डुबानमा परेकाले सयौँ व्यापारीको खाद्यान्न, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स सामानहरू र भाटभाटेनी सुपर मार्केटका सामानहरू क्षति पुगेको छ ।

त्यसैगरी वर्षातका कारण आएको पहिरोले चाँगुनारायण नगरपालिका-७ मझुवा गाउँमा बुद्घ लामाको एक तले जस्ताले छाएको घरको पछाडिको कान्लो खसेर पहिरोले थिच्दा एकै परिवारको तीन जनाको  मृत्यु महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतिरमण पोखरेलका अनुसार मृत्यु हुनेमा ७० वर्षीया हिरा लामा, ६५ वर्षीया पानमाया लामा, २ वर्ष ६ महिनाकी सम्पदा लामाको मृत्यु भएको छ ।

डुबानमा परेको बस्तीका बासिन्दालाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्दार गर्नुका साथै सुरक्षित स्थानमा पुर्‍याएको छ ।

1

1

1

1

1

1

1

1

1

1

1

1

1

1

अन्य

भिडियो