१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्नयाँ गाँउपालिका–६ शङ्करपुर खर्काधारका २३ वर्षीय प्रकाश अवस्थीलाई असार २१ गते गिरफ्तार गरेको छ ।
वैशाख २३ गते बालिकाकी काकीको सहयोगमा अवस्थीले बिवाह गरी घर लगेर बलात्कार गरेको पीडित बालिकाको आरोप छ ।
पीडित बालिकाले विवाह गराउने काकीविरूद्ध २३ गते उजुरी दर्ता गराएकी छिन् । आरोपित काकी फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नेत्रमणी गिरीले बताए । दशरथचन्द नगरपालिका–१ मुस्याचोरमा लगेर काकीको सहयोगमा आफ्नो विवाह भएको बताएकी छिन् ।