INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार तथा ओसारपसार घटनाका फरार आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार तथा ओसारपसार गरेको आरोपमा उजुरी दर्ता भएपछि फरार रहेका डिलाशैनी गाँउपालिका–३ रुद्रेश्वरका २१ वर्षीय सन्तोष धामी र डडेल्धुरा पर्शुराम नगरपालिका–९ का गमा बोहरालाई प्रहरीले असार २१ गते गिरफ्तार गरेको छ ।

बालिकालाई गत जेठ २५ गते डडेल्धुराबाट बैतडीको डिलाशैनी ल्याई बलात्कार गरेको गर्न सहयोग गरेको आरोपमा उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको हो ।

घटनाका मुख्य आरोपित डिलाशैनि गाँउपालिका–३ रुद्रेश्वरका २९ वर्षीय रमेशसिंह धामीलाई असार ६ र उनलाई सहयोग गर्ने सोही ठाँउका ४५ वर्षीया किस्मती धामीलाई असार ७ गते नै प्रहरीले गिरफ्तार गरिसकेको थियो ।

उक्त घटना घटाउन सहयोग गर्ने दुई व्यक्ति अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नेत्रमणी गिरीले बताए ।

घटनाबारे बालिकाले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी दिएकै दिन जिल्ला अस्पताल, बैतडीमा स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो