INSEC Online

📅 २०८३ जेष्ठ २१

सिद्धिचरण नगरपालिकाद्वारा ३० वटा ऐन, नियमावली र कार्यविधि पारित

सिद्धिचरण नगरपालिकाले ३० वटा ऐन, नियमावली र कार्यविधि पारित गरेको छ । दोस्रो नगरसभामा पेश भई दफावार छलफलपछि ऐन, नियमावली तथा कार्यविधि पारित गरिएको नगरप्रमुख मोहन श्रेष्ठले बताए ।

नगरपालिकाको नगरसभा असार १० गते शुरू भएर विभिन्न विषयगत समितिको बैठक, नगरसभामा पेश विभिन्न प्रस्तावमाथिको छलफल सम्पन्न गर्दै असार २४ गते सकिएको छ ।

नगरसभाबाट विनियोजन ऐन, शिक्षा ऐन, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनलगायतका १२ वटा ऐनहरू पारित गरिएको छ ।

त्यस्तै प्रमाणिकरण नियमावली, नगरसभा सञ्चालन तथा व्यवस्थापन नियमावली, कार्यपालिका-कार्यविभाजन नियमावलीलगायत चार वटा नियमावली तथा १४ वटा कार्यविधि र निर्देशिका पारित गरिएको नगरपालिकाले जनाएको छ ।

विधेयक समितिले पेश गरेको मस्यौदा कार्यपालिकामा दफावार छलफलपछि ऐन, नियमावली तथा निर्देशिका पारित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले बताए । पारित ऐन, नियमावली तथा निर्देशिका र कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित भएपछि कार्यन्वयनमा आउने नगरपालिकाले जनाएको छ ।

अन्य

भिडियो