१९ वर्षीया महिलालाई अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले असार २३ गते फाल्गुनन्द गाउँपालिका–५ का २१ वर्षीय रिसन चेम्जोङलाई गिरफ्तार गरेको छ ।
जिल्ला अदालतले गरेको फैसला अनुसार दोषी ठहर भई फरार रहेकाहरूको खोजी गर्ने क्रममा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडलेलले बताए ।
जिल्ला अदालतले ०७१ मङ्सिर २ गते आरोपितविरूद्ध चार वर्ष कैद र ३० हजार रुपियाँ जरिबानाको फैसला गरेको थियो ।
गिरफ्तार गरिएका कसुरदालाई असार २४ गते जिल्ला अदालत पेश गरिएको इन्स्पेक्टर पौडेलले जानकारी दिए ।
कसुरदार विरूद्धको फैसला अनुसार कैद तथा जरिबाना भुक्तानका लागि उनलाई जिल्ला कारागार चलान गरिएको अदालतका सूचना अधिकारी मोहन जवेगुले बताए ।