१४ वर्षीया छोरी ममता परियारको हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिकाबाट मृतककी आमा ३५ वर्षीया शोभा परियारलाई असार १४ गते गिरफ्तार गरेको छ ।
वडा नं. ६ सूर्यपुर सुन्दरवस्तीकी शोभा परियारलाई छोरीको किरिया सकिएकै दिन असार १४ गते इलाका प्रहरी कार्यालय टाँडीले गिरफ्तार गरेको हो । ममतालाई असार ८ गते घाँटी थिचेर हत्या गरेको आरोपमा आमा शोभालाई प्रहरीले गिरफ्तार गरेको हो ।
ममताले आत्महत्या गरेको नभई आमाले हत्या गरेको भन्दै स्थानीय आमा समूह र टोल विकास संस्थामा आबद्ध स्थानीयबासीहरूले दबाव दिएपछि प्रहरीले शोभालाई गिरफ्तार गरेको जनाएको छ ।
आमालाई छोरीले पादक पदार्थ सेवन नगर्न आग्रह गर्दा त्यसैको रिसले शोभाले छोरीको घाँटी थिचेर हत्या गरेकोस्थानीयबासीहरूले आरोप लगाएका छन् ।
छोरीको हत्या गरेपछि घाँटीमा सल बाँधेर पङ्खामा छोरीको लासलाई झुण्ड्याएर शोभाले छोरीले आत्महत्या गरी भन्दै स्थानीयलाई खबर गरेकी थिइन् ।
इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी बासुदेव खतिवडाले स्थानीयबासीको आग्रहमा आरोपित महिलालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको बताए । ममता जमुनापुर माविमा कक्षा ९ मा अध्ययनरत थिइन् ।