११ वर्षीया बालिकालाई जेठ २९ गते भारत पुर्याई बेचबिखन गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका-३ का ३४ वर्षीय रमेश बुढाथोकीलाई असार ५ गते गिरफ्तार गरेको छ ।
चार कक्षामा अध्ययनरत बालिकालाई आरोपितले जेठ २९ गतेबाट सम्पर्कविहीन गराएको आरोपमा पीडित बालिकाका आफन्तले उद्धारका लागि इन्सेक र माइती नेपाललाई समेत आग्रह गरेका थिए ।
बालिकालाई कहाँ र कुन ठाउँ पठाइयो भन्ने प्रमाण प्राप्त हुन नसकेकोले घटना बारे थप अनुसन्धान भइरहेको बालबालिका तथा महिला सेवा केन्द्रकी इन्स्पेक्टर भगवती तिमल्सिनाले बताइन् ।