INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीलाई ढुङ्गा प्रहार, उपचारका लागि पोखरा

गुल्मी जिल्ला घर भई वालिङ नगरपालिका-६ मिर्दीमा डेरा गरी बस्दै आएकी २८ वर्षीय माया परियारलाई ३५ वर्षीय पति गोकुल परियारले ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको पीडित पक्षको आरोप छ ।

असार ४ गते बिहान ढुङ्गाले टाउकोमा प्रहार गरी मायालाई रगताम्मे बनाएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरीको टोलीले कुटपिट घटनाका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान कार्य अगाडि बढाइएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

घाइते परियारको टाउकोमा गम्भीर चोट लाग्नुका साथै हात र गोडामा लागेको र वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि सामान्य उपचार पश्चात थप उपचारका लागि आजै पोखरा पठाइएको वडा प्रहरी कार्यालय वालिङका सई नवराज केसीले बताए ।

गोकुल परियारले यस भन्दा पहिले पनि आफूलाई पटकपटक कुटपिट गर्नुका साथै यातना दिने गरेको पीडित मायाले बताएकी छन् ।

अन्य

भिडियो