४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका-७ का २६ वर्षीय गणेश मरहठ्ठालाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३० गते भरतपुर अस्पतालमा गरिएको छ ।