१४ वर्षीया बालिकालाई ०७३ असार २५ गते भरतपुर उपमहानगरपालिका-४ बाह्रघरेमा बलात्कार गरेको कसुरमा भारत पूर्वी चम्पारण जिल्ला रक्सौल घर भई भरतपुर वेल्चोक बस्ने २१ वर्षीय रिजवान अन्सारीलाई जिल्ला अदालतले जेठ ३० गते वुधबार पाँच वर्षकैदेका फैसला सुनाएको छ ।
न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला सुनाएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।
पीडित बालिकाका बावुले जिल्ला प्रहरी कार्यालय चितवनमा ०७३ साउन ९ गते उजुरी दिएका थिए । प्रहरीले अन्सारीलाई साउन ९ गते नै गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १२ गते भरतपुर अस्पतालमा गरिएको थियो ।