INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपाका सांसदलाई संसदीय दलको कार्यालयमा महिला ‘झापड’

प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा सांसदलाई झापड प्रहार गरेको घटना सार्वजनिक भएको छ ।

जेठ २२ गते प्रदेशसभा बैठक सकिएपछि संसदीय दलको कार्यालयमा तत्कालीन एमालेका समानुपातिक सांसद महोत्तरी जिल्ला निवासी मञ्जु यादवले धनुषाको क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी हुन् । दलको कार्यालयमा सांसदहरूको योजना टाइप गर्ने क्रममा भएको विवादमा यादवले महतोलाई झापड हानेको नेकपाका सांसदहरू बताउँछन् ।

पार्टीका सांसदहरूले बुझाएको योजना मन्त्रालय पठाउन कम्प्युटरमा टाइप गर्ने कर्मचारीसित सांसद यादवको बादविवाद भइ सांसद यादवले आफ्नो योजना आफैँ टाइप गर्ने बताएपछि उनीहरूबिच विवाद बढेको थियो ।

कम्प्युटर अपरेटरसँग सांसद यादवले ‘अभद्र व्यवहार’ गरेको देखेर संसदीय दलका नेता सत्यनारायण मण्डलले सम्झाउन खोज्दा उनलाई पनि अपशव्द प्रयोग गरी होहल्ला गरेपछि त्यसरी झैझगडा नगर्न आग्रह गर्दा उल्टै आपूmमाथि हात हालेको सांसद किशोरी साहले बताए ।

सांसद साहले अपशब्द प्रयोग गरेको भन्दै सांसद मन्जु यादवले रिसको आवेगमा एक झापड प्रहार गरेको बताएकी छिन् ।

सांसद साह र यादवबिच संसदीय दलको नेताको निर्वाचन भएदेखि एक अर्काबिच मनमुटाव बढेको थियो । संसदीय दलको नेता छनौटका लागि सांसद साहसहित १३ जनाले सत्यनारायण मण्डललाई भोट हालेका थिए भने सांसद यादवसहित ८ जना सांसदले शत्रुधन महतोलाई समर्थन गरेका थिए ।

आफूसँग कुनै हिसावले नसकेपछि सांसद शत्रुधन महतो र योगनारायण यादवले महिला सांसदलाई प्रयोग गरी बदनाम गराउन प्रपञ्च रचेको पीडित सांसद साहले बताए । सार्वजानिक अपराधको मुद्दा लाग्ने भएपनि पार्टीभित्रबाट कारबाही गराउन संसदीय दलको नेता मण्डलसमक्ष जेठ २३ गते उजुरी दिएको पीडित सांसद साहले बताए । सांसद साहलाई झापड हान्दा संसदीय दलका नेता सत्यनारायण मण्डल र सांसद नागेन्द्र साह सामुन्ने थिए ।

अन्य

भिडियो