त्रिपुरासुन्दरी नपा–१ की ५७ वर्षीया मनलक्ष्मी देवकोटालाई कथित बोक्सीको आरोप लगाउने सोही नपा–१ का ४४ वर्षीय नैनानन्द देवकोटाललाई प्रहरीले जेठ २२ गते गिरफ्तार गरेको छ ।
आफूलाई नैनानन्दले जेठ २२ गते बोक्सी लगाएर खेतमा लगाएको धानको बिउ सुकाएको भन्दै सार्वजनिक स्थानमा अपमान गरेको मनलक्ष्मीले आरोप लगाइन् ।
मनलक्ष्मीले कारबाहीको माग गर्दै जेठ २२ गते प्रहरी चौकी त्रिपुराकोटमा निवेदन दिएकी थिइन् । बोक्सी जस्तो गम्भीर आरोप लगाई अपमान गरेको भनी निवेदन परेकाले जेठ २२ गते आरोपित नैनानन्दलाई गिरफ्तार गरिएको प्रहरी चौकीका इञ्चार्ज रोमहर्ष सिजवालले जानकारी दिए ।