INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा गोली प्रहार, एक जना घाइते

धनगढी उपमहानगरपालिका-१ को मुख्य बजारमा एक मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले जेठ १३ गते ३२ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरेको छ ।

बैङ्कबाट पैसा लिएर फर्कदैँ गर्दा मुल सडकमै कार्कीमाथि गोली प्रहार भएको र कार्कीसँग रहेको ९ लाख रुपियाँसमेत सो समूहले लगेको प्रहरीले जनाएको छ । कार्कीको उपचार सेती अञ्चल अस्पताल धनगढीमा भइरहेको छ ।

सेती अञ्चल अस्पतालका सर्जन डा.सुरेन्द्र बस्नेतले उनको पाखुरामा लागेको गोली शल्यक्रिया गरी निकालिसकेको र अहिले कार्कीको अवस्था खतरामुक्त रहेको बताएका छन् ।

गोली प्रहार भए लगत्तै परिचालन भएको प्रहरीले गोदावरी नगरपालिकाको गेटाबाट लु ४० प४४३८ नम्बरको मोटरसाइकलसहित दुई जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले बताए ।

अन्य

भिडियो