INSEC Online

📅 २०८३ जेष्ठ २१

याङवरक गाउँपालिकाद्वारा ९ ओटा कानुन निर्माण

गाउँ कार्यपालिका गठन भएको एक वर्षपछि याङवरक गाउँ कार्यपालिकाले नौ ओटा कानुन निर्माण गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन-२०७४ को दफा १०२ मा गाउँपालिका वा नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका विषयमा ऐन बनाउने सक्ने व्यवस्था छ ।

ऐनले प्रत्यायोजन गरेको अधिकार अनुसार ति कानुन निर्माण गरिएको सो गाउँपालिकाका प्रवक्ता विमल राईले बताए । कार्यपालिकाले दुई ओटा ऐन, तीन ओटा नियमावली, तीन ओटा कार्यविधि र एउटा आचारसंहिता लागू गरेको छ ।

कार्यपालिकाले निर्माण गरेका ऐनहरू याङवरक गाउँपालिका विनियोजन ऐन २०७४, याङवरक गाउँपालिका आर्थिक ऐन २०७४ हुन् । यसैगरी, याङवरक गाउँ कार्यपालिका कार्यसम्पादन नियमावली २०७४, याङवरक गाउँपालिका कार्यविभाजन नियमावली २०७४ र याङवरक गाउँ कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण नियमावली २०७४ गाउँ कार्यपालिका सभाद्वारा पारित भई कार्यान्वयनमा छन् ।

याङवरक गाउँ कार्यपालिका बैठक सञ्चालन कार्यविधि २०७४, गाउँपालिका स्रोत परिचालन कार्यविधि २०७४ र याङवरक गाउँपालिकाको आर्थिक कार्यविधि कानुन २०७४ समेत पारित भएका छन् । गाउँ कार्यपालिकाले याङवरक गाउँपालिकाका पदाधिकारीहरूको आचारसंहिता २०७४ समेत लागू गरेको छ ।

गाउँ कार्यपालिकालाई तत्काल अत्यावश्यक कानुन मात्र निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए । आवश्यकता अनुसार अन्य ऐन कानुनहरू निर्माण गर्दै जाने समेत उनले जानकारी दिए ।

अन्य

भिडियो