INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी र इन्सेककर्मीद्वारा खानेपानीको ट्याङ्कीमा अनुगमन, अभक्ष फेला

फेदाप गाँउपालिका-१ सिम्लेको पोक्लाबाङस्थित पाथीभरा इङ्गलिस बोर्डिङ स्कुलको क्यान्टिनमा प्रयोग हुने पानीको ट्याङ्कीमा अभक्ष राखिएको सूचना प्राप्त भएपछि प्रहरीले त्यसको अनुगमन गरेको छ ।

जेठ ८ गते प्रहरी र इन्सेक प्रतिनिधिलगायतले सो घटनाको अनुगमन गरेका हुन् । विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेको भन्दै विद्यालयले प्रहरी र इन्सेकका प्रतिनिधिलाई सो विषयमा उजुरी दिएको थियो ।

पानीको ट्याङकीमा अभक्ष भेटिएपछि निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न विद्यालय प्रशासनले माग गरेको छ ।

विद्यालयको बदनाम हुनेगरी भएको घटनामा न्यायका लागि प्रहरीमा उजुरी दिएको विद्यालयका प्रिन्सिपल दुर्गा लिम्बुले बताए ।

खानेपानी ट्याङकीमा अभक्ष भेटिएपछि अविभावक र शिक्षकहरू आक्रोशित भएका छन् । पानीको ट्याङ्कीमा अज्ञात व्यक्तिले जेठ ६ गते राति अभक्ष्य वस्तु राखेको आशङ्का गरिएको छ ।

अन्य

भिडियो