INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३७ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा गोलबजार नपा-२ का २६ वर्षीय विन्देश्वर सदायविरूद्ध पीडित महिलाले इलाका प्रहरी कार्यालय गोलबजारमा जेठ ९ गते उजुरी दिएकी छन् ।

पीडित महिलाका अनुसार जेठ ८ गते बलात्कारको प्रयास गरेकाले कानुनी कारबाहीका लागि प्रहरी समक्ष उजुरी दिएको हो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेश सुबेदीले बताए । उनका अनुसार आरोपित फरार रहेकाले खोजतलास भइरहेको छ ।

अन्य

भिडियो