INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिक सङ्गठनहरूको क्रियाकलाप पारदर्शी एवम् जबाफदेही हुनुपर्छ- प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले नागरिक सङ्गठनहरूका हरेक क्रियाकलाप पारदर्शी एवम् जबाफदेही हुनुपर्ने बताएका छन् ।

युएसएआईडी, एफएचआई ३६० सँगको सहकार्यमा इन्सेकको आयोजनामा जेठ ८ गतेदेखि काठमाडौँमा आयोजित ‘नेपालका नागरिक संस्थाहरूको आन्तरिक सुशासनमा देखिएका कमीकमजोरीको विश्लेषण’ विषयका दुई दिने कार्यशालाको पहिलो सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्याकुरेलले यस्तो बताएका हुन् ।

उनले समाज र जनताको हित एवम् विकासका लागि सधैँ सक्रिय तथा क्रियाशील नागरिक सङ्गठनहरूको आन्तरिक सुशासनमा कुनै कमीकमजोरी देखिए त्यसको प्रभाव समाज र जनतामा पर्ने भएकाले सचेत हुन आवश्यक रहेको बताए ।

सरकारले समाज र जनताको हितविपरीत सुशासनको नाममा कुनै कदम चाल्न नहुने बताउँदै अध्यक्ष प्याकुरेलले मौलिक अधिकारमा बाधा व्यवधान आए अदालतसम्म पुग्ने बताए ।

सरकारले जुनसुकै योजना बनाउँदा पनि जनताको इच्छामा आधारित हुनुपर्ने बताउँदै समाजमा रहेका विकृति बिसङ्गति हटाउँदै खुशी, समृद्धि, एवम् शिक्षाको विकासमा लाग्ने गैरसरकारी संस्थालाई आवश्यक सहयोग गर्नुपर्नेमा उनको जोड छ ।

अन्य

भिडियो