तेह्रथुमका स्थानीय तहहरूले धमाधम विधेयक पारित गर्न थालेका छन् । स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा ६ वटा स्थानीय तहमध्ये २ वटा स्थानीय तहले मात्र विभिन्न विधेयक पारित गरेका हुन् ।
जेठ १ गते आठराई गाउँपालिकाको सम्पन्न भेलाले ४ वटा विधेयक पारित गरेको हो । गाउँपालिकाले आधारभुत तथा माध्यमिक शिक्षा विधेयक २०७४, महिला क्षमता विकास कार्यक्रम खर्च कार्यविधि २०७४, आकस्मिक कोष व्यवस्थापन, खोजी, उद्धार, राहत तथा पुनर्स्थापना खर्च कार्यविधि २०७४, युवा क्षमता विकास कार्यक्रम खर्च कार्यविधि २०७४ पारित गरेको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी छथर गाउँपालिकाले ११ वटा विधेयक पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए । उनका अनुसार प्रशासनिक, प्राविधिक कर्मचारी व्यवस्थापन, स्थानीय राजपत्र प्रकाशन, आधारभूत तथा माध्यमिक शिक्षा व्यवस्थापन, पुर्वाधार व्यवस्थापन, एमएम रेडियो व्यवस्थापन, बजार अनुगमनर कृषि व्यवसाय प्रवर्धन, सहकारी पदाधीकारी आचारसंहिता, आर्थिक विनियोजन, ‘घ’ वर्गको निर्माण व्यवसाय इजाजत, न्यायिक समिति उजुरी तथा कारबाहीलगायतका विधेयक पारित गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिए ।
अन्य स्थानीय तहमध्ये अब म्याङलुङ नगरपालिका र लालीगुराँस नगरपालिका, फेदाप गाउँपालिका र मेन्छ्यायेम गाउँपालिकाले विधेयक पारित गर्न बाँकी रहेको छ ।