१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुर जिल्ला घर भएका ३० वर्षीय सोनामसिं गुरुङलाई जिल्ला अदालतले ६ वर्षकैदको फैसला सुनाएको छ ।
न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले जेठ २ गते गुरुङलाई ६ वर्षकैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने समेत फैसला गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७४ वैशाख ५ गते विवाह गरेको भनी ललाइफकाइ घरमा कोही कसैलाई नभनी चितवन इच्छाकामना-७ दाहाखानीस्थित आफ्नो काकाको घरमा ल्याइ लुकाएर राखेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा ०७४ जेठ १ गते पीडित आफैँले उजुरी दिएकी थिइन् ।
वुद्ध मावि हात्तीगौँडा मकवानपुरमा कार्यरत शिक्षक सोनामले विवाहको नाटक गरी बलात्कार गरेको भन्दै प्रहरीले आरोपितलाई वैशाख ३१ गते नै गिरफ्तार गरेको थियो ।