पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा वैशाख ३१ गते नै गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभु ढकालले बताए ।