INSEC Online

📅 २०८३ जेष्ठ २१

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० महिनादेखि सिटी स्क्यान सेवा बन्द, सेवाग्राही प्रभावित

पोखरा-लेखनाथ मनपा १० स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत १० महिनादेखि सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

Photo20180510Kaski (1)

करिब ४ करोड ५० लाख रुपियाँको लागतमा ल्याएको मेशीन ६ महिना चलेर ०७४ साउनदेखि बिग्रिएको थियो ।

मेशीन बिग्रिएपछि बिरामीले २ हजार ५ सय रुपियाँ देखि १५ हजारसम्म महङ्गो शुल्क तिरेर सिटी स्क्यानको लागि अन्यत्र जान बाध्य भएका छन् । सिटी स्क्यान मेशीनको बारेमा पटकपटक मन्त्रालयमा खबर गरेको तर कुनै सुनुवाई नभएको बताउँदै मेशीन बनाउन महङ्गो पर्ने हुनाले मन्त्रालयले विज्ञ नपठाएसम्म मेशीन बनाउन साथै खरीद समेत गर्न नसकिने पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले बताए ।

Photo20180510Kaski (2)

इन्सेक पोखरा, मानवअधिकार निगरानी समूह, शान्तिका लागि नागरिक समाज, गैर सरकारी संस्था महासङ्घ कास्कीलगायतको संयुक्त टोलीको वैशाख २७ गते अस्पतालको अनुगमनपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देर्शक डाक्टर अर्जुन आचार्यलाई भेटी ज्येष्ठ नागरिकको औषधि उपचार, सिटी स्क्यान मेशीन, औषधि अभावलगायतको अस्पतामा भएका समस्याको बारेमा चासो राखेका थिए ।

अन्य

भिडियो