INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका-३ का २४ वर्षीय धिरेन्द्र मधेसियालाई वैशाख २० गते साँझ आरोपितको घरबाटै गिरफ्तार गरेको छ ।

आरोपित मधेसियाले पत्नी कुसुम हुँदाहुँदै महाराजगञ्ज नौतुनहवा थाना भारतकी २२ वर्षीया रिङ्की मधेसियालाई ०७४ चैत २९ गते भगाएर फरार रहेको र वैशाख १८ गते साँझ घरमा लिएर आएको भनी आरोपितको पत्नी २४ वर्षीय कुसुम बानियाले वैशाख २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बहुविवाहसम्बन्धी उजुरी दिएकी थिइन् ।

पीडित महिलाको उजुरीका आधारमा प्रहरीले आरोपितद्वयलाई वैशाख २० गते घरबाटै गिरफ्तार गरी बहुविवाहसम्बन्धी कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

त्यसैगरी बहुविवाह गरेको आरोपमा प्रहरीले बुटवल उप-महानगरपालिका-१७ का २२ वर्षीय कृष्णबहादुर मगरलाई वैशाख २० गते साँझ आरोपितको घरबाटै गिरफ्तार गरेको छ ।

आरोपित मगरले पत्नी सुनिता हुँदाहुँदै गुल्मी पूर्तिघाट बजारकी रीमा श्रीसलाई वैशाख ५ गते भगाएर फरार रहेको र बैशाख १९ गते साँझ घरमा लिएर आएको भनी आरोपितको पत्नी २० वषिर्य सुनिता मगरले वैशाख २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बहुविवाह सम्बन्धी उजुरी दिएकी थिइन् ।

पीडित महिलाको उजुरीका आधारमा प्रहरीले आरोपितद्धयलाई वैशाख २० गते घरबाटै गिरफ्तार गरि बहुविवाह सम्बन्धी कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

अन्य

भिडियो