INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार पीडित महिलाको प्रतिकारमा आरोपितको मृत्यु

४० वर्षीय एक महिलालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१५ का ६४ वर्षीय रोहवरबहादुर खत्रीको पीडित महिलाकै प्रतिकारमा मृत्यु भएको छ ।

वैशाख ९ गते रातको १ वजेतिर महिलाको घरभित्रै पुगेर बलात्कार गरेको र प्रतिकार गर्दा सम्वेदनशील अङ्गमा लागेपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताए ।

मृतक खत्रीको पोष्टमार्टम र पीडित महिलाको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पतालमा वैशाख १० गते गरिएको छ ।

प्रहरीले घटनास्थलबाट परिवार नियोजनका अस्थायी साधनसमेत बरामद गरेको जनाएको छ । ज्यान मारेको भन्दै मृतकका परिवारले वैशाख १० गते नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी गरेपछि ती महिलालाई सोही दिन नै गिरफ्तार गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो