INSEC Online

📅 २०८३ जेष्ठ २१

स्रोत केन्द्रद्वारा इन्सेक सम्मानित

पुस्तकालय विकास र सञ्चालनका लागि सहयोग गरेको भन्दै कालिका सामुदायिक तथा स्रोत केन्द्रद्वारा वैशाख १० गते इन्सेक सम्मानित गरेको छ ।

स्रोत केन्द्रले आफ्नो दोस्रो साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा इन्सेकलाई प्रमाणपत्र सहित सम्मान गरेको हो । कार्यक्रममा इन्सेकको तर्फबाट इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जकी फोकल पर्सन सरस्वती मल्ललाई प्रदेश ५ का प्रदेश सभा सदस्य कविराम थारुले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

इन्सेकले गरेको नैतिक तथा भौतिक सहयोगले पुस्तकालय नियमित सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्दै आएको अझै थप सहयोग पाउने आशा रहेको कालिका सामुदायीक तथा स्रोत केन्द्रका अध्यक्ष डिल्लीराम गौतमले बताए ।

इन्सेकले पुस्तकालयलाई ६ वटा सिलिङ पङ्खा र मानव अधिकारसम्बन्धी आफ्ना प्रकाशन पुस्तकहरू उपलब्ध गराएको थियो । यसैगरी मानव अधिकार वर्षपुस्तक हरेक वर्षनियमित रूपमा उपलब्ध गराउँदै आएको छ ।

अन्य

भिडियो