INSEC Online

📅 २०८३ जेष्ठ २१

हेटौंडामा मानव अधिकार रक्षकहरूका लागी दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकहरूका लागी हेटौंडामा ०८२ मङ्सिर २१ गते क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले मानव अधिकार रक्षकहरुसँग भएको ज्ञान, सिप, क्षमता र धारणालाई परिकृत गर्दै लैजानका निम्ति मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले नेपालले अन्तर्राष्ट्रिय सन्धी तथा मञ्चहरु मार्फत गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि राज्यलाई सहयोग पुर्‍याउने दायित्व आँैल्याउदै संगिठत आवाज मार्फत राज्यलाई खबरदारी र जबाफदेही बनाउन सकिने बताउनु भयो । साथै, मानव अधिकारको संरक्षण र प्रवद्र्धनका निम्ति मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालन गर्न तीन तहका सरकारले नै पर्याप्त बजेट विनियोजन गर्न आवश्यक रहेको बताउनु भयो ।

बागमती प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालमा सचिव सरिता दाहालले उक्त तालित मार्फत आगामी दिनमा सञ्जालले गर्ने कार्यक्रम र अभियानहरुमा सहजता हुने बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्यका क्रममा इन्सेक सिन्धुपाल्चोक प्रतिनिधि नातीबाबु धितालले मानव अधिकार रक्षक सञ्जाल मार्फत बागमती प्रदेशमा मानव अधिकार अभियानले थप गति लिनेमा विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा उच्च अदालत इजलास, हेटाैँडा नेपाल बार एशोशिएसनका अध्यक्ष मन प्रसाद भट्टराईले एसियाका दिप भगवान गौतम वृद्ध मानव अधिकार अभियानमा एसियाका अग्रणी अधिकारकर्मी रहेको बताउदै वृद्धले दिएको शान्ती, समानता र अहिंसाको मार्गदर्शन अनुरुप नेपाललाई शान्ती क्षेत्रका रुपमा स्थापित गर्नुपर्ने बताउनु भयो ।

उहाँले मानव अधिकारको विषयलाई मानव अधिकार रक्षकहरुले परिवार तहसम्म आन्तरिकीकरण गरी परिवारबाटै संयमित वातारण बनाउनुपर्ने बताउनु भयो ।

गैरसरकारी संस्था महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्माले दलित समुदायको मानव अधिकारको अवस्था तथा जातीय भेदभाव र छुवाछुत (कसुर तथा सजाय) ऐनका सम्बन्धमा प्रस्तुतीकरण गर्नु भयो ।

प्रस्तुतीकरणका क्रममा उहाँले नागरिकहरुलाई अधिकार बारे सुसूचित र परिस्कृत हुँदै मानव अधिकारका विविध आयामहरुमा अवधारणागत स्पष्टताको आवश्यकतालाई जोड दिनु भयो ।

कार्यक्रममा अधिवक्ता अप्सरा बस्नेतले मानव अधिकार तथा महिला अधिकारका विषयमा विस्तृत प्रस्तुतीकरण दिँदै समानुभूति, समान ज्याला, समान मूल्यांकन, समान सहभागिता, महिला हिंसाको अन्त्य तथा गैरपक्षपाती व्यवहारजस्ता विषयमा प्रकाश पार्नु भयो ।

राष्ट्रि«य मानव अधिकार आयोगका मानव अधिकार अधिकृत नन्द किशोर सिंहले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारका विषयमा सहजिकरण गर्नु भयो ।

त्यस्तै, सिविन बागमती प्रदेशका संयोजक झबिन्द्र ज्ञवालीले डिजिटल भ्वाइलेन्स र बाल–यौन दुव्र्यवहारको विषयमा सहजिकरण गर्नु भयो ।

इन्सेक प्रलेख अधिकृत बरुण बस्याले वातावरणीय अधिकार, जलवायु न्याय र मानव अधिकारका विषयमा प्रस्तुतीकरण गर्दै कार्यक्रमको संचालन र सहजिकरण गर्नु भएको हो ।

   

मन्जिता मैनाली

अन्य

भिडियो