INSEC Online

📅 २०८३ जेष्ठ २१

 हिंसा पीडित बालिकालाई न्यायमा पहुँचको लागि इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्या परेकी चार वर्षीया यौन दुर्व्यवहार घटनाको पीडित बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ चैत ८  गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक बर्दिया प्रतिनिधिले बालिकाका आफन्तलाई न्यायमा पहुँचका लागि १० हजार रुपियाँ हस्तान्तरण गर्नु भएको हो ।

पीडित बालिकालाई माघ २४ गते बारबर्दिया नगरपालिका- ५ का ५० वर्षीया चन्द्रप्रसाद सुवदीले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ २४ गते इलाका प्रहरी कार्यालय, बानियाभारमा उजुरी दिएका थिए।

घटनाका आरोपितलाई प्रहरीले माघ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ गते बर्दिया अस्पताल गुलरियामा भएको थियो ।

जिल्ला सरकरी वकिलको कार्यालय, बर्दियाले फागुन १७ गते बर्दिया जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरेको थियो । अदालतको फागुन १८  गतेको न्यायाधीश डल्लुराम चौधरीको इजलासले सुवेदीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

प्रकाश पौडेल

अन्य

भिडियो