२२ वर्षीया हिंसा पीडित महिलालाई कानुनी उपचारमा टेवा पुर्याउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग प्रदान गरेको छ ।
इन्सेक जिल्ला प्रतिनिधिले पीडित महिलालाई जेठ १५ गते १० हजार रुपियाँ उपलब्ध गराउनु भएको हो । कानुनी उपचारका लागि आवतजावत गर्न सहजताका लागि पीडित महिलालाई सहयोग उपलब्ध गराइरहेको इन्सेकले जनाएको छ ।
यातायात खर्च नहुँदा कानुनी उपचारका लागि आउन जान नसक्ने आर्थिक अवस्थाले पीडितहरू झन पीडित हुने देखिएपछि इन्सेकले आर्थिक सहयोग उपलब्ध गराएको हो । आफ्नै जेठाजुले ०८१ चैत २९ गते बलात्कार प्रयास गरेपछि पीडित महिला हाल न्यायका लागि अदालतमा पुगेकी छिन् ।