INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनकालागि सरोकारवालाको भूमिका र प्रतिवद्धता विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न

इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कात्तिक १८ गते स्वच्छ निष्पक्ष र भयरहित निर्वाचनकालागि सरोकारवालाको भूमिका र प्रतिवद्धता विषयक अन्तर संवाद कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राज्य सत्ता सञ्चालनका लागि निर्वाचन हुने भएकाले निर्वाचन  स्वच्छ, निष्पक्ष र भयरहित हुनुपर्ने बताउँदै उम्मेदवारहरुले निर्वाचन आचार संहिता पूर्णरुपमा पालना गर्नुपर्ने बताउन भयो ।

भारतीय गाडी निर्वाचनका दौरानमा प्रयोग भइरहेको भन्ने सहभागिहरुको गुनासोको उत्तर दिदै प्रजिअ खत्रीले सुरक्षा निकायलाई नियन्त्रणमा लिन निर्देशन दिएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले निर्वाचनले नीति र सुशासन फेर्न मद्दत गर्ने बताउदै खुल्ला सिमानाबाट हुने सुरक्षा विपरितका गतिविधि नियन्त्रणका लागि सुरक्षाकर्मीहरु खटाइएको बताउनु भयो ।

नेपाली काग्रेस जिल्ला सचिव शुधांसु कोइरालाले निर्वाचनको क्रममा निर्वाचन व्यवस्थापन मर्यादित बनाउन सबैको भूमिका रहेको बताउदै निर्वाचन विथोल्न खोज्ने तथा अराजक गतिविधिको निगरानी  गरी सम्बन्धीत निकायले कारवाही गर्नु पर्ने बताउनु भयो ।

कोइरालाले निर्वाचन आचार संहिता विपरितका गातिविधि आफ्नो पार्टीबाट नहुने प्रतिबद्दतासमेत जनाउनु भयो ।

नेकपा एमालेकी केन्द्रिय सदस्य शान्ति ढकालले निर्वाचन आचारसंहिता उल्लङ्घन  गर्नेलाई कारवाही हुनुपर्ने बताउनु भयो ।

नेकपा माओवादी केन्द्र जिल्ला सदस्य तारा रोकायाले एकले अर्कोलाई आरोप प्रत्यारोप गरे द्वन्द्वलाई निमत्याउने भएकाले आरोप प्रत्यारोप गर्न नहुने बताउनु भयो ।

रोकायाले शान्ति सुरक्षा र सुशासनकालागि आफ्नो कर्तव्य र अधिकार के हो भन्ने कुरालाई मनन गर्नुपर्ने बताउनु भयो ।

मानव  अधिकार आयोग नेपालगञ्जकी अधिकृत द्वारीका अधिकारीले सबैले कर्तव्य र अधिकारमा प्रतिवद्ध भए निर्वाचनस् वच्छ, निष्पक्ष र भयरहित हुने धारणा राख्नु भयो ।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले स्वच्छ निष्पक्ष र भयरहित निर्वाचनकालागि सरोकारवालाको भूमिकाका विषयमा सहजीकरण गर्दै  निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न जरुरी रहेको धारणा राख्नु भयो ।

अन्य

भिडियो