INSEC Online

📅 २०८३ असार २३

सिरहामा हिंसा पीडितको न्यायिक प्रक्रिया अवस्थाबारे इन्सेकद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानव अधिकार सहायता कक्षमार्फत सहयोग प्राप्त गरेका सिरहाका हिंसा प्रभावित तथा मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरूको न्यायिक प्रक्रियाको अवस्था तथा सामाजिक न्यायको अवस्थाबारे ०८३ असार १९ गते अनुगमन गरेको छ।

इन्सेक केन्द्रीय कार्यालयकी कार्यक्रम अनुगमन तथा मुल्याङ्कन विभागकी प्रमुख सुना प्याकुरेल, मधेश प्रदेश कार्यालयका संयोजक राजु पासवान , सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियार र धनुषा प्रतिनिधि सन्तोष यादवकले संयूक्त अनुगमन गर्नु भएको हो । हिसां पीडितहरुले कानूनीरुपमा न्याय पाए पनि पीडितहरुको आत्मसंतुष्टी र राहत तथा क्षतीपुर्ती पाउने गरी न्याय पाउनु पर्ने प्याकुरेलले बताउनु भयो । अदालतले क्षतीपुर्तीको फैसला गरे पनि पीडितहरुले त्यो पाउन निकै सकस व्यहोर्नु परेको बताउनु भयो ।

सिरहामा हिंसा प्रभावितहरुलाई इन्सेकले गरेको सहयोग र न्यायको अवस्था बारे नवराजपुर गाउँपालिका, धनगढीमाई नगरपालिका र कर्जन्हा नगरपालिकाको हिंसा पीडित परिवारहरुलाई भेटघाट जानकारी लिएको इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।

घटना अनुगमनको क्रममा अदालतले क्षतिपूर्तिको आदेश गरेपनि त्यो कार्यान्वयन पाटो झनै  संघर्षपूर्ण रहेको पीडितहरुले बताए । त्यस्तै घटना मिलाउनका लागि आरोपित पक्षबाट विभिन्न प्रलोभन दिएर मिलापत्र गर्न दबाब दिने गरेको बताए । न्यायिक प्रक्रियामा रहेका मुद्दामा समेत बयान बदल्न भनी मानसिक यातना तथा धाकधम्कि आउने गरेको भन्दै सुरक्षा चुनौती रहेको दु:ख ब्यक्त गरे । तथापि मानव अधिकारकर्मीहरुको सहयोगले आत्मबलमा भने बृद्धि भएको हुँदा आरोपितले सजाय पाउने र पीडितले आफूमाथि भएको घटनामा न्याय पाउने अपेक्षा भने नमरेको पीडितले आशावादी रहेको धारणा राखेका थिए ।

दुर्गा परियार

अन्य

बेपत्ता घटनाकाे इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुगमन त्रिपुरा

भिडियो