INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय सहजकर्तालाई दुई दिने अभिमूखीकरण कार्यक्रम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कार्यक्रम सञ्चालित जिल्लाहरूमा परियोजना कार्यान्वयनका लागि स्थानीय सहजकर्तालाई दुई दिने अभिमूखीकरण कार्यक्रम मकवानपुरमा सुरू गरिएको छ ।

इन्सेकले सन् २०१९ देखि २०२१ सम्म सञ्चालन गर्ने परियोजनाको सम्बन्धमा असोज ५ गते मकवानपुरको हेटौँडामा स्थानीय सहजकर्ताका लागि अभिमूखीकरण सुरू गरिएको हो ।

कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका श्रीराम बजगाइँले परियोजनाका बारेमा सहजकर्तालाई जानकारी दिएका थिए ।

त्यसैगरी केनद्रीय कार्यालयकी सुबेच्छा खड्काले स्थानीय तहमा परियोजना सञ्चालन गर्ने तरिका, परियोजनाका सूचक र लक्ष्य, स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने तौर तरिका, रिपोर्टिङ र स्थानीय सहजकर्ताको आचारसंहिताबारे जानकारी दिइन् ।

अभिमूखिकरणको पहिलो दिन इन्सेक प्रलेख तथा प्रसार कार्यक्रमका व्यवस्थापक मदन पौडेलले मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धनका सम्बन्धमा जानकारी गराए ।

बहस तथा पैरवी कार्यक्रमकी व्यवस्थापक सम्झा श्रेष्ठले अन्तराष्ट्रिय सन्धि, महासन्धि र नेपालमा कायन्वयनको अवस्था तथा इन्सेकले गर्ने कार्यक्रमबारे जनाकारी गराइन् ।

सन् २०१९ देखि २०२१ सम्मका लागि इन्सेकले नागरिकको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चितताका लागि देशका सात ओटा प्रदेशका ३५ ओटा जिल्लामा परियोजना सञ्चालन गरेको छ ।

हेटौँडामा आयोजित कार्यक्रममा भने प्रदेश १, २, ३ र गण्डकीका सहजकर्ता, सम्बन्धित प्रदेशका कार्यक्रम र प्रलेखसँग सम्बन्धित र प्रदेश संयोजकको सहभागिता छ । त्यसैगरी केन्द्रीय कार्यालयका कार्यक्रम व्यवस्थापकहरूलगायतको सहभागिता रहेको छ ।

इन्सेकले प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर, प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी र रौतहट, प्रदेश ३ को मकवानपुर, चितवन, रामेछाप, दोलखा, भक्तपुर र गण्डकी प्रदेशको कास्की, बाग्लुङ, नवलपुर, स्याङ्जा र तनहु जिल्लाका दुई/दुई ओटा स्थानीय तहमा नागरिकको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चितताका लागि तीन वर्षे परियोजना सुरू गरेको हो ।

photo20199-22 hetauda (2)

photo20199-22 hetauda (3)

अन्य

भिडियो