INSEC Online

📅 २०८३ जेष्ठ २१

सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार निगरानी समूह, कञ्चनपुरको आयोजनामा जेठ २२ गते आयोजित सेवा प्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख फैरू तामाङले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा भ्रष्टाचार र अनियमितता गर्नेलाई कारबाही गर्न शुन्य सहनशिलताको नीति अपनाइने बताए ।

Photo20180605Kanchanpur (1)

उनले शिक्षा स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा सुधार ल्याउनका लागि स्थानीय तह र नागरिकहरू सबैले मिलेर काम गर्नुपर्ने बताए ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत शेखर ढकालले जिल्ला कृषि विकास कार्यालयले प्रदान गरिरहेको सेवा प्रवाहका बारेमा, जनस्वास्थ्य अधिकृत अम्वादत्त भट्टले जिल्ला जनस्वास्थ्य कार्यालयले प्रदान गरिरहेको सेवा प्रवाह र शिक्षा विकास तथा समन्वय इकाई समितिका शाखा अधिकृत राजेन्द्रप्रसाद भट्टले शिक्षा विकास तथा समन्वय इकाई समितिले प्रदान गरिरहेका सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए ।

Photo20180605Kanchanpur (2)

सेवा प्रदायक निकायहरूको प्रस्तुतीपछि सहभागीहरूले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी जिज्ञासा राखेका थिए । सहभागीहरूले राखेका जिज्ञासा सेवा प्रदायक निकायहरूका पदाधिकारीहरूले प्रस्ट्याएका थिए ।

Photo20180605Kanchanpur (3)

कोमलनिरन्जन भाट

अन्य

भिडियो