INSEC Online

📅 २०८३ जेष्ठ २१

सूर्यविनायकमा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. ३ कार्यालय हेटौँडाले सूर्यविनायक नगरपालिकामा मानव अधिकार समूह गठन गरेको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेकले ०७६ पुस ९ गते बुधबार आयोजना गरेको ‘परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन बैठक’बाट समूह गठन गरेको हो ।

सूर्यविनायक नगरपालिकामा आयोजना गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख वासुदेव थापाले संविधानले प्रदत्त गरेको जनताको अधिकारको प्रत्याभूति गर्न नगरपालिका हरप्रकारले तयार रहेको चर्चा गर्दै जुनसुकै अधिकारको संरक्षणमा नगरपालिका सकारात्मक रहेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकालाई मानव अधिकार सुरक्षित नगरपालिका बनाउन इन्सेकसंग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउदै उहाँले मानव अधिकार सुनिश्चित नगरपालिका बनाउन आफू प्रयत्नरत रहेको बताउनुभएको छ ।
नगरप्रमुख थापाले भन्नुभयोे–“यहाँ बसोबास गर्ने नागरिकले मानव अधिकार हनन् गरेको घटना प्रमाणित भएमा नगरपालिकाले प्रदान गर्ने सेवाबाट वञ्चित गर्छौँ । यो नगरपालिकालई मानव अधिकार सुनिश्चित नगरपालिका बनाउन प्रयासमा छौँ ।”

इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारकोबारेमा नगरपालिकामा गर्ने अनुगमन लगायत जुनसुकै कार्यलाई पनि सघाउन नगरपालिका तयार रहेको बताउँदै नगर प्रमुख थापाले भन्नुभयोे–“भित्तामा व्यानर टाँसेर, फोटो खिचेर पैसा पचाउने एनजिओलाई अब निधेष गर्छौँ । हामीले गर्नुपर्ने मानव अधिकारको क्षेत्रको काम लिएर आउने इन्सेक जस्ता सस्थासँग मिलेर काम गर्छौँ ।”

कार्यक्रममा इन्सेक प्रदेश नं. ३ हेटौडाका संयोजक कृष्ण गौतमले यस परियोजना अन्तर्गत इन्सेकले संविधानले व्यवस्था गरेअनुसारको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको प्रत्याभूति गराउन जनता र स्थानीय तहबिच पुलको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

राज्यले प्रत्येक स्थानीय तहमा नागरिकको अधिकार प्राप्तिका लागि गरेको व्यवस्था अनुसार काम भए नभएको, शिक्षामा उचित रूपमा छात्रवृत्तिको व्यवस्था, स्वास्थ्य क्षेत्रको पहुँच नागरिकमा पुगे नपुगेको, खाद्य र आवासको उचित पहुँच भए नभएको अनुगमन एवं खबरदारी गर्ने तथा नागरिकलाईं सचेत गर्दै स्थानीय तहलाई जिम्मेवार बनाउने काममा इन्सेकले पुलको भूमिका निर्वाह गर्ने उनको भनाई थियो । सूर्यविनायकलाई मानव अधिकार मैत्री नगरपालिका बनाउने कार्यमा इन्सेक सक्रिय रहने गौतमले बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कमलनाथ आचार्य, नगरपालिकाका शिक्षा, स्वास्थ्य, महिला, कृषि, पशु शाखाका प्रतिनिधिहरूले नगरपालिकामा यी क्षेत्रमा भएका कामहरूको बारेमा जानकारी गराएका थिए ।

न्यौपानेको संयोजकत्वमा मानव अधिकार समूह गठन
सूर्यविनायक नगरपालिकामा कृष्णप्रसाद न्यौपानेको संयोजकत्वमा २० सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ ।

नगरपालिकाको १० वटै वडाका सहभागिहरूको भेलाबाट सहसंयोजकमा अनिता बस्नेत, सचिवमा नन्दु नगरकोटी, सहसचिवमा अञ्जना बिसुङ्केलाई चयन गरेको छ ।

त्यसैगरि सदस्यहरूमा धनबहादुर थापा, विमला पराजुली, सानुकाजी महर्जन, रिता ज्ञवाली, स्मृति परियार, ईन्दिरा उपाध्याय, रमादेवी राजथला, विवेक कोइराला, पवित्रा बस्नेत, अञ्जना नेपाली, उषा खड्का, आशा तामाङ्ग, पार्वती नगरकोटी, करिश्मा देउजा र संघसंस्थाहरूको तर्फबाट अनिता पाण्डे चयन हुनुभएको छ ।

photo20191226bhaktapur (1)

photo20191226bhaktapur (2)

photo20191226bhaktapur (3)

photo20191226bhaktapur (4)

photo20191226bhaktapur (5)

photo20191226bhaktapur (6)

अन्य

भिडियो