INSEC Online

📅 २०८३ जेष्ठ २१

सीताराम माविमा बाल अधिकार समूह पुर्नगठन तथा समूह परिचालनको लागि कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय मार्फत मादी गाउँपालिकाको सीताराम माविमा २०८० असोज १८ गते बाल अधिकार समूह पुर्नगठन तथा समूह परिचालनको लागि कोष हस्तान्तरण सम्पन्न गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक तारा अधिकारी तथा बाल अधिकार समूहका अध्यक्ष सुनिश्चित गुरुङको उपस्थितिमा समूह पुर्नगठन गरिएको छ । नवगठित समूहमा अध्यक्षमा कक्षा ९ की सरुदेवी गुरुङ, उपाध्यक्षमा संचिता परियार, सचिवमा एरिका रानाभाट, सह–सचिवमा दिपेश गुरुङ, कोषाध्यमा शुसिला परियार चयन हुनुभएको छ । १५ जना सदस्य तथा चार जना सल्लाहाकार तथा एक जना संरक्षक शिक्षक सहित २५ जना को समूह गठन भएको छ ।

समूह पुर्नगठनका साथै विद्यालयका प्रधानाध्यापक तथा अध्यक्षको उपस्थितिमा इन्सेक कास्की सहजकर्ता सुष्मा आचार्य अधिकारी मार्फत ३५ सय रुपियाँ विद्यालयलको बालअधिकार समूह परिचालन कोषका लागि हस्तान्तरण गर्नुभएको थियो ।

विद्यालयमा बालअधिकार समूहले वातावरण सरक्षणका लागि फोहोरमैला व्यवस्थापन गर्ने, बालबिवाह तथा बालहिंसा तथा यौन दुव्र्यवहारसम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने, देउसी भैलो कार्यक्रम गर्ने, सडक नाटक गर्ने, तथा स्थानिय तह र विद्यालयमा बालअधिकारका सवालमा मागदाबी गर्ने जस्ता कार्य गर्ने निर्णय गरिएको सहजकर्ता सुस्मा आचार्य अधिकारीले बताउनुभयो ।

385452982_859632448897258_484354635231681119_n

अन्य

भिडियो