संविधान दिवसको अवसरमा ०८२ असोज ३ गते सदरमुकाम मन्थलीमा नागरिक संस्थाहरूले दीप प्रज्वलन गरेका छन् ।
संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने माग गर्दै नागरिक संस्थाहरूको तर्फबाट मन्थलीको देवकोटा चोकमा दीप प्रज्वलन गरिएको हो । गैरसरकारी संस्था महासंघ नेपाल रामेछाप, इन्सेक, नेपाल रेडक्रस, नेपाल पत्रकार महासंघ, सामुदायिक वन महासंघ, नेपाल राष्ट्रिय दलित कल्याण संघ लगायतका संस्थाहरूको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, विभिन्न राजनीतिक दलका नेताहरू, नागरिक अगुवा लगायतको सहभागिता रहेको थियो ।
