INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम असार ७ गते तानसेनमा सम्पन्न गरिएको छ ।

कार्यक्रमका इन्सेक जिल्ला सहजकर्ता यज्ञमूर्ति तिमिल्सिनाले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै जिल्ला स्तरको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले पाल्पा जिल्लामा इन्सेक, मानव अधिकार निगरानी समूह र सेवाप्रदायक निकायहरूको समन्वयमा विभिन्न रचनात्मक कार्यहरू भइरहेको बताउँदै समुदायका समस्याहरू थाहा पाएसम्म समाधानका लागि आफू लागि परेको बताए ।

बजार अनुगमन लगायतका कार्यहरूलाई तिव्रता दिइने बताउँदै प्रजिअ ढकालले अनुगमनका क्रममा अखाद्य वस्तु बेच्ने र अनियन्त्रित मूल्य बृद्धि गर्नेहरूलाई कारबाही गर्ने समेत बताए ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठ, पशु सेवा कार्यालयका प्रमुख प्रदिप शर्मा, जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवाली, बगनासकाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणि खनाल, स्वास्थ्य प्रमुख मणिराम अधिकारी, कृषि शाखा प्रमुख सन्तोष जिसी, पशु शाखा प्रमुख कपिल श्रेष्ठलगायतले सेवाग्राहीहरूका जिज्ञासाहरूको सम्बोधन गर्दै जबाफ दिए ।

1

1

1

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो