INSEC Online

📅 २०८३ जेष्ठ २१

शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न

Shambhunath temple (2)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ ।

आगामी महिनाको योजना अनतर्गत विद्यालयहरूको अनुगमन, दलित समुदायमा बालबालिकाहरूको दर्ता अभियान, महिनाको तीन पटक अनलाइन मार्फत छलफल, सरसफाई कार्यक्रम, बृक्षारोपण, लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्ने कार्ययोजना बैठकले बनाएको मानव अधिकार समूहकाअध्यक्ष पुलकित भगतले बताउनु भयो ।

बैठकले सबै वडामा मानव अधिकार समूह गठन गर्ने, वडामा देखिएका समस्याहरूलाई समाधान गर्नका लागि नगर र सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

बैठकमा सहभागी वडा अध्यक्ष राजकुमार साहले राज्यले दिएको सम्पूर्ण अधिकारहरू नागरिकको घरसम्म पुग्नुपर्ने बताउनु भयो । अशिक्षित, सामाजिक कुरुती आदिले अधिकारबाट बञ्चित हुनुपरेको विषयलाई जन–जनसम्म पुर्‍याउन मानव अधिकार समूह परिचालित भएकोमा उहाँले खुशी व्यक्त गर्नु भयो ।

नगरपालिका सदस्य सजनीदेवी सरदारले बैठकमा उठेका सम्पूर्ण विषयहरूलाई नगरमा राख्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले सबै खाले हिंसा विरुद्धको अभियान सञ्चालनमा एकजुट भएर सहयोग गर्नुपर्ने बताउनु भयो।

मानव अधिकार समूह मधेस प्रदेश अध्यक्ष देवीमाया भटृराईले न्यायको पहुँचबाट टाढा रहेका हरेक नागरिकलाई न्याय पाउने वातावरण मिलाउनु पर्ने बताउनु भयो । नगरमा एउटा सहायता कक्ष राख्ने विषयमा छलफल गरी नगर प्रमुखलाई ध्यानाकर्षण गर्नु पर्ने उहाँले बताउनु भयो ।

मानव अधिकार समूह शम्भुनाथ नगरपालिकाका अध्यक्ष पुलकित भगतले अधिकारबाट बञ्चित नागरिकको पहिचान गरी न्यायको पहुँचसम्म पुर्‍याउनु पर्ने बताउनु भयो । नगरपालिकाले वर्षमा एक पटक सार्वजनिक सुनवाई कार्यक्रम राख्नु पर्ने उहाँले बताउनु भयो ।

समूहका अध्यक्ष भगतको अध्यक्षतामा वडा नम्बर ११ को सभा कक्षमा सम्पन्न बैठकमा इन्सेक सहजकर्ता अजय परीयारले इन्सेक परियोजनाले गर्ने काम र उद्देश्य बारे जानकारी गराउनु भयो ।
Shambhunath temple (1)

Shambhunath temple (4)

अन्य

भिडियो