INSEC Online

📅 २०८३ जेष्ठ २१

व्यवस्थित बस्ती विकासको अवधारणामा जोड दिनुपर्ने

आवास निर्माण गर्दा व्यवस्थित बस्ती विकासको अवधारणालाई ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत असोज २ गते खलङ्गामा आयोजित आवासको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागिहरूले सरकारी तवरवाट आवास निर्माण गरिएको क्षेत्रमा विकासका अन्य पूर्वाधारहरू पनि निर्माण गर्नुपर्ने भएकाले व्यवस्थित बस्ती विकासको अवधारणालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

अधिकारकर्मी सोविता बस्नेतले जनता आवास अन्तर्गतको घर र खरमुक्त घर निर्माण कार्यमा पनि वास्तविक पीडित परिवारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

Photo 20210920 Salyan 2

यससँगै त्यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्त आदीको पहुँच पुर्‍याउनु पर्ने भएकाले यस सन्दर्भमा अनुगमन गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा शारदा नगरपालिका–२ का अध्यक्ष केशवसिंह श्रेष्ठले सरकारी तवरबाट हुने हरेक कार्यमा वास्तविक पीडित परिवारलाई प्राथमिकता दिइएको बताउनुभयो ।

विगतमा पनि केही परिवार जनता आवास कार्यक्रम र खरमुक्त घर कार्यक्रमबाट छुटेकाले वास्तविकता अध्ययन गरेर आगामि दिनमा प्राथमिकता दिइने बताउनुभयो ।

Photo 20210920 Salyan 1

अन्य

भिडियो