INSEC Online

📅 २०८३ जेष्ठ २१

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विश्व आत्महत्या रोकथाम दिवस २०२३ को अवसरमा आत्महत्याको अवस्था र रोकथामका उपायहरु विषयक प्रदेश स्तरीय अन्तक्रिया कार्यक्रम भदौ २२ गते पोखरामा सम्पन्न भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोशिश नेपाल, कोपिला नेपाल लगायत विभिन्न संघ सस्थाको आयोजनामा ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ आयोजना गरिएको आत्महत्याको अवस्था र रोकथामका उपायहरु विषयक अन्तक्रिया कार्यक्रममा आत्महत्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्यसँगै समुदाय स्तरबाटै सचेतनात्मक कार्यक्रम र समाधानको पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

373465092_975806910190310_7996056343483509511_n

अन्तक्र्रिया कार्यक्रममा समग्र मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका उपायहरुका बारेमा प्रस्तुतीकरण राख्दै डाक्टर रविराज तिमिल्सिनाले एक जनाको आत्महत्याले कम्तीमा १ सय ३५ जनालाई प्रत्यक्ष असर गर्ने गरेको बताउनुभयो । उहाँले आत्महत्याले प्रत्यक्ष अप्रत्यक्ष समाजमा गहिरो चोट पुग्ने हुँदा आत्महत्या न्यूनीकरणका लागि सम्बन्धित निकालयले सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक अवस्थाको अध्ययन गर्नुपर्ने बताउनुभयो । विश्वमा प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने र वार्षिक ८ लाखले आत्महत्या गर्दै आएको उहाँको भनाई छ ।

373462212_1066149248087855_2662997893126020763_n

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी निरीक्षक युवराज जंग कार्कीले २०७२÷७३ मा पाँच हजार १ सय २४ जनाले आत्महत्या गरेका थिए भने २०७८÷७९ मा पुग्दा यो संख्या  तेब्बर भएको छ ।  जनसंख्या वृद्धिका अनुपातमा आत्महत्या बढ्दै जानु चिन्ता र चासोको विषय भएको उहाँको भनाई थियो । आत्महत्या रोकथाममा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुँदा मनोसामाजिक पक्षलाई बेवास्ता गरी समाचार प्रकाशन–प्रसारण गर्दा अन्य व्यक्तिलाई पनि आत्महत्या गर्न दुरुत्साहन मिल्ने हुँदा सञ्चार माध्यमले सावधानी नअपनाउँदा समाचारले समाजमा नकारात्मक प्रभाव पार्ने गरेको विभिन्न अध्ययनले देखाएको उहाँको भनाई छ ।

कार्यक्रममा विषादी व्यवस्थापन सम्बन्धि नीतिगत विषयका बारेमा कृषि निर्देशनालय गण्डकीका बाली संरक्षण प्रयोगशालाका प्रमुख शालिग्राम अधिकारीले प्रस्तुतिकरण दिनुभएको थियो । सन् १९८० र १९९० को दशकमा श्रीलङ्कामा आत्महत्याको दर उच्च थियो त्यो अवधिमा आत्महत्या गर्ने मानिसमध्ये दुइतिहाइले कीटनाशक विषादी प्रयोग गरेका तथ्यांक बाहिरिसकेको उहाँले बताउनुभयो । सोही कारणले हानिकारक रसायनहरूको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्नेमा सरकार केन्द्रीत हुनुपर्ने उहाँको भनाई थियो ।

373468163_686020376741411_1356118253138074345_n

यस्तै कार्यक्रममा मावनअधिकार र मानसिक स्वास्थ्यका बारेमा राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका खिमलाल सुवेदीले धेरैजसो आत्महत्याका पछाडि मानसिक स्वास्थ्यको भूमिका रहेको बताउनुभयो । डिप्रेसन, एङ्जाइटी, मेनिया, बाइपोलार डिसअर्डर, स्किजोफेनिया लगायतका मानसिक असन्तुलन तथा लागूऔषध एवं नशालु पदार्थको सेवनका कारण धेरै मानिसले आत्महत्या गरेको उहाँको भनाई थियो । आत्महत्याका पछाडि उसको मानसिक स्वास्थ्य, आचरण तथा आवेगले भूमिका खेलेका हुन्छन् । त्यस्तै, बाल्यकालीन आघात, लागूपदार्थको सेवन र दीर्घकालीन शारीरिक पीडाले पनि आत्महत्यातिर डोर्‍याउन सक्छ । यसकारण राज्यले यसतर्फ सोच्नुपर्छ,’ उहाँले भन्नुभो ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यालय गण्डकी पोखराका प्रमुख शिव खकुरेलले मानसिक स्वास्थ्यमा समस्यानै आत्महत्याको कारण बन्दै गएको उल्लेख गर्दै तनाव व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्नुपर्ने जोड दिनुभयो । आत्महत्याको जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यवहार गर्ने, उनीहरुको मनको कुरा सुनीदिने, काममा सहयोग गरिदिने, आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगरी उपचार प्रक्रियामा घरपरिवारका सदस्य तथा साथीहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कोपिला नेपालकी कार्यकारी निर्देशक विना सिलवालले मानसिक स्वास्थ्यमा समस्या भएकाहरुको स्थानीय तहमै सहज उपचारको पहुँच नहुँदा विभिन्न जिल्लाबाट उपचारमा पोखरा धाउनुपर्ने बाध्यता निकै महँगो र असहज भएको बताउनुभयो ।

atmahatya prg (3)

अन्य

भिडियो