अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार निगरानी समूह शुक्लाफाँटा, बाल अधिकार चेतना समूह, शीवशङ्कर माविको संयुक्त आयोजनामा जेठ १४ गते विद्यार्थी भर्ना तथा गुणस्तरीय शिक्षाका लागि बृहद् भर्ना अभियान तथा र्याली सम्पन्न गरिएको छ ।

शुक्लाँफाटा नपा-५ को गर्जमनीबाट सुरू भएको र्याली हरेक टोलमा पुगेर विद्यालयमा विद्यार्थी भर्ना अभियान र गुणस्तरीय शिक्षासम्बन्धमा स्थानीय अभिभावकसँग अन्तरक्रिया गरेको थियो ।
टोलीले गुणस्तरीय शिक्षा सुधारका लागि विभिन्न ५ वटा टोलमा अन्तरक्रिया गरेको शीवशङ्कर माविका प्रधानाध्यापक विष्णु जोशीले बताए ।
वैशाख महिनामा विद्यालय भर्ना अभियान सम्पन्न भइसकेको भएपनि कोही छुटपुट रहेका छन् भनेर बुझ्नका लागि र गुणस्तरीय शिक्षाका लागि र्याली तथा अन्तरक्रिया गरिएको मानव अधिकार निगरानी समूहकी अध्यक्ष सरस्वती साउदले बताइन् ।
अभियानमा प्रधानाध्यापक, शिक्षकहरू, मानव अधिकार निगरानी समूहका पदाधिकारीहरू, बाल अधिकार चेतना समूहका पदाधिकारीहरू सहित स्थानीय नागरिक अगुवाहरूको सहभागिता रहेको थियो ।
कोमलनिरञ्जन भाट