INSEC Online

📅 २०८३ जेष्ठ २१

वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

 

कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ ल्वाङमा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला फागुन २६ गते सम्पन्न भएको छ ।

मानवअधिकार समूहको आयोजनामा भएको कार्यशालामा वडा अध्यक्ष रामबहादुर गुरुङले सबैसँग समन्वय गरेर मानवअधिकार तथा वातावरण संरक्षण लगायत अन्य विषयमा कार्यक्रम गर्ने बताउनु भयो ।

समाजसेवी दुर्गाबहादुर गुरुङले वातावरण संरक्षणका बिषयमा सबैले चासो राख्नुपर्ने बताउनु भयो । मानवअधिकार समूहका अध्यक्ष डिल्लीराम भण्डारीले समूहले स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण तथा जातिय विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रम सँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गर्ने बताउनु भयो ।

बाल क्लबका अध्यक्ष सृष्टि गौतमले वातावरण संरक्षणका लागि सबैको पहल आवश्यक भएको बताउनु भयो । कार्यक्रममा जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारी, गाउँपालिकाका वडा सदस्य मनकुमारी तामाङ, चोकप्रसाद दाहाल, अजुर्न परियार, टोल विकास संस्थाका अध्यक्ष हितमान गुरुङ, कुमार गुरुङ, ल्वाङ युवा क्लबका रमेश बि.क., बाल क्लबका अमन तामाङ लगायतले सबै मिलेर वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यशालामा शिवप्रसाद देवकोटाले वातावरण संरक्षण र अधिकार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा विभिन्न टोल विकास संस्था, महिला समूह, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि, क्लब तथा बाल समूहको उल्लेख्य सहभागिता रहेको थियो ।

335018572_160996283481056_2843289609686706654_n334976901_235193565613032_5512950846009208156_n335090003_164298649748735_42356247754818598_n

अन्य

भिडियो