
इन्सेकद्वारा डाक्नेश्वरी नगरपालिका र शम्भुनाथ नगरपालिकामा गठित मानव अधिकार समूह र बाल अधिकार समूहले विश्व वातावरण दिवसको अवसरमा ०८१ जेठ २३ गते “हाम्रो भूमि हाम्रो भविष्य” भन्ने मूल नाराका साथ वृक्षारोपण कार्यक्रम गरेको छ ।
बाल अधिकार सचेतना समूह र मानव अधिकार समूहले शम्भुनाथ नगरपालिकाको जनता माध्यमिक विद्यालय जमुवामा बिहान वृक्षारोपण गरे भने डाक्नेश्वरी नगरपालिकास्थित कंन्त चन्द्र माध्यमिक विद्यालय पातोमा अपरान्ह वृक्षारोपण कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ । डाक्नेश्वरी नगरपालिकाका नगर उपप्रमुख मिराकुमारी यादव, वडा नम्बर ५ का वडा अध्यक्ष रमेश कुमार चौधरी, मानव अधिकार समूहका अध्यक्ष देवीमाया भट्टराईलगायतको उपस्थितिमा भएको कार्यक्रमको सहजिकरण इन्सेक जिल्ला सहजकर्ता अजय परियारले गर्नु भयोे ।
कार्यक्रममा डाक्नेश्वरी नगरपालिका उपप्रमुख मिरा कुमारी यादवले विकाससँगै वातावरणमा प्रदुषण बढेकोले स्वच्छ वातावरणका लागि सोच्नु पर्ने बताउनु भयो । नगरमा दैनिक फोहोर व्यवस्थापन हेतु योजनाका साथ सरसफाई कार्यक्रम सञ्चालन गरेको उहाँले बनाउनु भयो ।
यसैगरी शम्भुनाथ नगरपालिका-१० स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय कुमार चौधरीले वातावरण संरक्षण र सरसफाई व्यवस्थापन बारे सबैले सोच्नु पर्ने तथा पर्यावरण रक्षाको विषयमा छलफल गर्नु पर्ने बताउनु भयो ।
मानव अधिकार समूहकी प्रदेश अध्यक्ष देवीमाया भट्टराईले मानवसँग प्रत्यक्ष सम्बन्ध रहेको वातावरणलाई जोगाउनु भनेको आफ्नै जीवन रक्षा गर्नु हो भन्नु हुँदे वातावरण स्वच्छ र व्यवस्थापनको अभियानमा लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा डाक्नेश्वरी नगरपालिका मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डल, उपाध्यक्ष अनु देवी चौधरी, सदस्य सुनिता सरदार, दिनेश मण्डल, शिव चौधरी, फुल कुमारी पण्डित, बाल अधिकार सचेतना समुहको अध्यक्ष सन्तोषी कुमारी साह, प्रधानाध्यापक, शिक्षक र सम्पुर्ण सदस्यहरूको उपस्थिति रहेको थियो ।
