मन्थली नगरपालिका–१२ गेलुमा वडा कार्यलयले सम्पादन गरेको काम तथा भूकम्पपछिको पूनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम असोज २ सम्पन्न भयो ।
पशुपति सामुदायिक अध्ययन केन्द्र गेलुको समन्वय तथा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) दोलखाको सहजिकरणमा सार्वजनिक सुनुवाइ गरिएको हो ।
सार्वजनिक सुनुवाइमा वडा कार्यलयले सम्पादन गरेको कामको बारेमा वडा अध्यक्ष कृष्णहरि अधिकारीले जानकारी गराएका थिए ।
समाजिका सुरक्षातर्फ २ सय ९८ जनाको लागि १८ लाख ८२ हजार रुपियाँ वितरण गरिएको उनले जानकारी दिए । आ.व २०७४÷०७५ मा १ सय ९७ ओटा व्यक्तिगत घटना दर्ता भएको पनि उनले जानकारी दिए ।
निजी आवस पुनर्निमार्णतर्फ सो वडामा ७ सय ६३ घर परिवारसँग पुनर्निमार्णको सम्झौता भई रकम निकासा भएको समेत जानकारी दिए ।
कार्यक्रममा वडा कार्यलयमा वडा सचिवलाई नियमित गराउने, वडा कार्यलयका सूचनाहरू सूचना पाटिमा व्यवस्थित गराउने, यही कात्तिक मसान्त भित्रै वडामा पशुसेवा केन्द्र सञ्चालनमा ल्याउनेलगायतका पाँच बुँदे प्रतिवद्धता जारी गरिएको छ ।

नवराज पथिक