INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा कार्यालयले प्रवाह गरेको सेवा र भूकम्पपछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ

वडा कार्यालयले प्रवाह गरेको सेवा र भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम मङ्सिर ४ गते मन्थली नगरपालिका-१० चनखुमा सम्पन्न गरिएको छ ।

photo20181122Ramechhap (1)

वडा कार्यालयको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), हुराडेक नेपाल दोलखा र रेडियो तीनलाल एफएमको सहजीकरणमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष भरतबहादुर बोहोराले आर्थिक वर्ष २०७५/०७६ मा चनखु-१० को लागि २९ वडा योजनाहरू स्वीकृत भएको जानकारी दिए । ती मध्ये २१ ओटा योजनाको उपभोक्ता समिति बनाएर काम सुरू गरिसकेको पनि उनले जानकारी दिए ।

photo20181122Ramechhap (3)

कार्यक्रममा पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका असिष्टेण्ट सवइञ्जिनियर प्रदिप श्रेष्ठले ७० प्रतिशत भन्दा बढी भूकम्पले क्षति भएका घरहरूको पुननिर्माणको काम सम्पन्न भएको बताए ।

स्थास्थ्य चौकी चनखुकका इञ्चार्ज दीनेश अधिकारीले स्वास्थ्य चौकीबाट नेपाल सरकाले तोके अनुसारकै सेवा प्रवाह भएको जानकारी दिए ।

photo20181122Ramechhap (4)

कार्यक्रमका सहभागिहरूले गाउँमा बाटो बनेपनि नियमित बस सेवा नभएको, विद्यालयको पठनपाठनमा शिक्षकहरूले ध्यान नदिएको, गाउँमा रहेको माध्यामिक विद्यालयको समेत छात्रछात्राका लागि शौचालय नभएको, विभिन्न खानेपानीका योजनाहरू मर्मत नहुँदा खानेपानीमा समस्या भएको लगायतका गुनासो गरे ।

photo20181122Ramechhap (2)

कार्यक्रममा वडा कार्यालयमा रहेका दुई ओटा माविमा १५ दिनमा एक पटक स्वास्थ्य शिविर सञ्चालन गर्ने, मन्थलीदेखि चनखुसम्म नियमित बससेवाको लागि वडा कार्यालयले पहल गरी एकहप्ता भित्र बस सेवा सञ्चालन गर्ने, चनखुको सरस्वती माविमा बन्द भएको विद्यार्थी शौचालय मङ्सिर महिना भित्रै सञ्चालनमा ल्याउने र काउले खोलाको खानेपानी योजनाको प्राविधिक प्रतिवेदनका आधारमा यसै आर्थिक वर्षको बजेटबाट मर्मत गरी सञ्चालनमा ल्याउने ४ बुँदे प्रतिवद्धा जाहेर भएको छ ।

नवराज पथिक

अन्य

भिडियो